२८ जेठ २०८३, बिहीबार

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीसँग लिखित जवाफ माग

फागुन ४, २०८१
काठमाडौं
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीसँग लिखित जवाफ माग

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश भएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलना मुद्दामा आइतबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।

अधिवक्ता अर्यालले गिरिबन्धु टी स्टेटसम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।​​

गिरिबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालको छ ।

salt training

कमेन्ट गर्नुहोस्