०३ असार २०८३, बुधबार

रास्वपा सांसद कार्कीको मुद्दामा सर्वोच्चले २७ फागुनमा फैसला सुनाउने

फागुन ४, २०८१
काठमाडौं
रास्वपा सांसद कार्कीको मुद्दामा सर्वोच्चले २७ फागुनमा फैसला सुनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको सांसद पद रहने वा नरहने मुद्दाको फैसला सुनाउने मिति फागुन २७ गतेका लागि सरेको छ ।

ललितपुर– ३ बाट निर्वाचित सांसद कार्कीको पद रहने वा नरहने मुद्दाको फैसला सुनाउने मिति आइतबारका लागि तोकिएको थियो ।

गत पुस २५ गतेदेखि कार्कीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।

रास्वपाका तर्फबाट उमेदवार भएकी कार्कीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि कार्की सर्वोच्च अदालत पुगेकी थिइन् ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनी चुनाव लड्न पाएकी थिइन् । 

नेपाल मेडिकल काउन्सिलको सदस्य हुँदा राजीनामा नै नदिएर उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, उक्त निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेका करण उनको उम्मेदवारी कायम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्