२७ जेठ २०८३, बुधबार

ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाश्रमलाई के बाल आश्रम भन्नु त ?

फागुन ४, २०८१
काठमाडौं
ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाश्रमलाई के बाल आश्रम भन्नु त ?

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो।

त्यसपछि शाहीले आफ्नो फेसबुक स्ट्याटसमार्फत कटाक्ष गर्दै भनेका छन्, ‘चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बाल आश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’

उनले अगाडि लेखेका छन्, ‘मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवा, चरुवा वृद्धाश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति-नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरूको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

salt training

कमेन्ट गर्नुहोस्