२९ असार २०८३, सोमबार

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी

फागुन ४, २०८१
काठमाडौं
कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । 

राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताए । नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ थियो । 

वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले  सक्दो  प्रयास  गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताए । 
   
कृषि अनुसन्धान प्रणालीलाई व्यावहारिक बनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरी नतिजा निकाल्नुपर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्