
सुदूरपश्चिम प्रदेशसभाका चार विषयगत समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् ।
लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेशसभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरुबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित भएकी छन्।
यसैगरी अर्को सत्ता साझेदार नेकपा (एमाले) का धर्मराज पाठक सामाजिक विकास समितिको सभापति र सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बाट लेखा समितिको सभापतिमा अक्कलबहादुर रावल निर्वाचित भएका छन् ।