०७ असार २०८३, आइतबार

सडक निर्माणका क्रममा मजदुरको मृत्यु

फागुन ४, २०८१
संखुवासभा
सडक निर्माणका क्रममा मजदुरको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । 

 प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको    क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो । 

ढुङ्गाले लागेर आज ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। भित्री सडकखण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्