०२ असार २०८३, मंगलबार

स्रोत नखुलेको ५७ लाख ८४ हजार रुपैयाँसहित ३ जना पक्राउ

फागुन ५, २०८१
धनुषा
स्रोत नखुलेको ५७ लाख ८४ हजार रुपैयाँसहित ३ जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिका- ८ बाट स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका- ९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारतको बिहार राज्य सीतामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका- ८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका- ८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् ।

प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । साथै ५७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप पनि उनीहरूको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थानसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्