३१ जेठ २०८३, आइतबार

प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ अगाडि बढ्नुपर्छ- प्रधानमन्त्री ओली

फागुन ५, २०८१
काठमाडौं
प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ अगाडि बढ्नुपर्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ अगाडि बढ्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले प्रविधि उपलब्ध रहेकाले त्यसैको प्रयोग गरेर आधुनिकतातर्फ छिटो  अगाडि बढ्नुपर्ने बताएका हुन् ।

'अहिले हामीसँग प्रविधि उपलब्ध छ, हामीले प्रयोग गर्ने ल्याकत मात्रै विकास गर्नुपर्छ,' उनले भने ।

मोबाइल फोन सबैको हातमा रहेको भए पनि त्यसको सदुपयोग गर्न सक्नु पर्ने उनले बताए । 'हामीले बनाएको मोबाइल छैन, हामीले बनाएको इन्टरनेट छैन, हाम्रो स्याटेलाइटसँग कनेक्ट भएको मोबाइल छैन, त्यसकारण मोबाइल सुरक्षित छैन, मोबाइलमा कसैले गरेको कुरा पनि गोप्य हुँदैन,' उनले भने, 'मैले र सभामुखले आ-आफ्नो मोबाइलबाट गरेको कुराकानी पनि सुरक्षित छैन भन्ने बुझ्नुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्