
रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी धर्मपत्नी ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले दुर्घटनामा ३ जनाको निधन र ५ जना घाइते भएका जानकारी दिइन् ।
कुम्भ मेलाबाट फर्किँदै गर्दा भारतको उत्तर प्रदेशस्थित आजमगढ वाराणसी रोडको डिभाइडरमा गाडी ठोक्किएको थियो ।
पूर्वमेयर हिराबहादुर खत्रीको नेतृत्वमा उनीहरू स्नानको लागि कुम्भ मेला गएका थिए ।