३१ असार २०८३, बुधबार

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अलबुसाइदीबीच भेटवार्ता

​ओमन- काठमाडौं सिधा हवाई उडान गर्न आग्रह
फागुन ५, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अलबुसाइदीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । 

आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच आज भेटवार्ता भएको हो ।

त्यसअवसरमा मन्त्री डा. देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेकी उनको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य प्रवर्द्धनका उपायबारे पनि छलफल भएको थियो । 

मन्त्री डा. देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन- काठमाडौं सिधा हवाई उडान शुरू गर्न ओमन सरकारसँग आग्रह गरेकी थिइन् । 

यसै सन्दर्भमा नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्