२९ जेठ २०८३, शुक्रबार

दाङमा प्रधानमन्त्री : टरिगाउँ विमानस्थल अवलोकनदेखि कोमल वलीको होटल उद्घाटनसम्म

फागुन ५, २०८१
काठमाडौं
दाङमा प्रधानमन्त्री :  टरिगाउँ विमानस्थल अवलोकनदेखि कोमल वलीको होटल उद्घाटनसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । आज विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि  आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । 

“यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्रीसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरे । 

आजै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरे । 

salt training

कमेन्ट गर्नुहोस्