२५ असार २०८३, बिहीबार

अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय पक्राउ

फागुन ६, २०८१
काठमाडौं
अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय पक्राउ

काठमाडौंको बूढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ परेका छन् ।

अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले ​जानकारी दिए ।​​

एसएसपी बस्नेतका अनुसार ​उनीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बूढानीलकण्ठको एक घरमा छापा मारेर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप पनि बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्