
तराईं तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु लागेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेक ६ प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनीलगायत बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनीलगायत देशका पहाडी भूभागका थोरे स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।