२२ असार २०८३, सोमबार

वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

फागुन ८, २०८१
काठमाडौं
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४.७५ प्रतिशतले बढेको हो । 

गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ६८ हजार ६९६ जनाले बढी हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्