१२ साउन २०८३, मंगलबार

साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

फागुन ८, २०८१
काठमाडौं
साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।

नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको उक्त कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलगायत सहिदहरुले गर्नुभएको योगदानको स्मरण गरे । 

उक्त दूतावासका अनुसार राष्ट्रिय गानबाट शुरू भएको सो कार्यक्रममा प्रजातन्त्र तथा नागरिक अधिकार प्राप्तिको लागि आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्