२४ असार २०८३, बुधबार

संविधानसभा सदस्य सापकोटाको निधन

फागुन ८, २०८१
काभ्रेपलाञ्चोक
संविधानसभा सदस्य सापकोटाको निधन

संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । 

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए। 

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि फागुन ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । 

दिवङ्गत सापकोटाका पत्नी र एक छोरी छन् । 

salt training

कमेन्ट गर्नुहोस्