
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एलन मस्कको सरकारी दक्षता विभाग (डिओजिई) बाट केही बचत अमेरिकी नागरिकहरूलाई लाभांशका रूपमा फिर्ता दिने विचार मन पराएको बताएका छन् ।
उनले मियामीमा आयोजित एक लगानी सम्मेलनमा प्रशासनले डिओजिईको खर्च कटौती प्रयासहरूबाट उत्पन्न बचतको २० प्रतिशत अमेरिकी नागरिकहरूलाई र अर्को २० प्रतिशत राष्ट्रिय ऋण तिर्नमा जाने अवधारणामाथि विचार गरिरहेको बताए ।
लाभांश भुक्तानीको सम्भावनाले मानिसहरूलाई अनावश्यक खर्चको रिपोर्ट गर्न प्रोत्साहित गर्ने पनि ट्रम्पले बताए ।
पछि एयर फोर्स वान चढेर वासिङ्टन फर्किंदै गर्दा एक पत्रकारले उनलाई एक पत्रकारले मस्कले बनाएको योजनाको बारेमा सोधेका थिए । “मलाई यो योजना मन पर्छ”, रिपब्लिकन राष्ट्रपतिले विमानमा पत्रकारहरूलाई भने ।