२८ जेठ २०८३, बिहीबार

सरकारी कार्यालयमा सेवाग्राहीले समयमा नै सेवा प्राप्त गर्न नसके क्षतिपूर्ति दाबी गर्न सक्छन्

फागुन ९, २०८१
काठमाडौं
सरकारी कार्यालयमा सेवाग्राहीले समयमा नै सेवा प्राप्त गर्न नसके क्षतिपूर्ति दाबी गर्न सक्छन्

 सरकारी कार्यालयमा सेवाग्राहीले समयमा नै सेवा प्राप्त गर्न नसके क्षतिपूर्ति प्राप्त गर्न सक्ने कानुनी व्यवस्था भए पनि उक्त व्यवस्था अनुसार सेवाग्राहीले क्षतिपूर्ति नै दाबी गर्दैनन् । सेवाग्राहीले एउटै कामका लागि आवश्यक सबै कागजात पूरा गरिसकेपछि पनि सेवा लिनका लागि पटक पटक कार्यालय धाउँदा पनि सेवा प्राप्त नगर्दा समेत क्षतिपूर्तिको दाबी गरेको पाइँदैन । सरकारी कार्यालयबाट सेवा लिन जाँदा समयमा नै सेवा प्राप्त गर्न नसके त्यसबापतको क्षतिपूर्ति पाउँछु भन्ने जानकारी नै सेवाग्राहीलाई नहुँदा क्षतिपूर्तिको व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र क्षतिपूर्तिसहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिकाले समयमा नै सेवाग्राहीलाई सेवा प्रदान नगरे सम्बन्धित निकायका प्रमुख पदाधिकारीले तत्काल सेवा प्रदान नगर्ने जिम्मेवार कर्मचारीबाट असुलउपर गरी क्षतिपूर्ति सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्