२५ असार २०८३, बिहीबार

एकीकृत समाजवादीमा फरक मत भए पनि पार्टी निर्णयको अवज्ञा गर्न नपाइने [१३ बुँदासहित]

फागुन ९, २०८१
काठमाडौं
एकीकृत समाजवादीमा फरक मत भए पनि पार्टी निर्णयको अवज्ञा गर्न नपाइने [१३ बुँदासहित]

नेकपा एकीकृत समाजवादीले पार्टी नेता र कार्यकर्ताका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ । शुक्रबार समाजवादीले पार्टी नेताको अनुशासनका लागि भन्दै १३ बुँदे आचारसंहिताका बुँदा सार्वजनिक गरेको हो ।

शुक्रबार ललितपुरको जावलाखेलमा शुरू भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न प्रावधानसहितका १३ बुँदे आचारसंहिता पेश गरेका हुन् । 

जसमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिएको छ । जसमा शोषण, दमन र उत्पीडन र असमानताको विरोध गरिएको छ । 

समानताको पक्षपोषण गर्ने, समाजको आर्थिक सामाजिक रुपान्तरण र आमूल परिवर्तनमा लागिपर्ने उल्लेख छ । 

पार्टी नेता र कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने, खानपान, रहनसहन बसउठ पनि सरल र सामान्य हुनुपर्ने उल्लेख गरिएको छ । 

समाजवादीले नैतिकको पक्षमा नेता कार्यकर्ता उभिनुपर्ने जनाएको छ ।

समाजवादीले विवाहपूर्व र वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्यलाई अनैतिक मानेको छ । महिलाप्रति एकनिष्ठको व्यवहार गर्नुपर्ने समाजवादीको भनाइ छ । 

व्यवहार, जिम्मेवारी वहन, जवाफदेहिता, अध्ययनशिलतालाई पनि समाजवादीले जोड दिएको छ । 

त्यस्तै अनुशासन पालना भन्दै समाजवादीले फरक मत र धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न नहुने बताएको छ । 

‘फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरुका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ,’ समाजवादीले भनेको छ ।

यस्तो छ १३ बुँदे आचारसंहिता

salt training

कमेन्ट गर्नुहोस्