२७ जेठ २०८३, बुधबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

फागुन ९, २०८१
काठमाडौं
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औं बैठकले चालू आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौं सभाको बैठकबाट स्वीकृत बहु वर्षीय गुरु योजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेश गर्न अनुमति दिएको छ ।

बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रम्हदेव झालाई मनोनयन गरेको छ । 

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै पेश गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री ओलीले विधि र कानूनसम्मत रूपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए ।

उनले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे ।

salt training

कमेन्ट गर्नुहोस्