२९ असार २०८३, सोमबार

पहिलो राष्ट्रिय ई-स्पोर्ट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसङ, ग्यालेक्सी एस२५ अल्ट्राको साथ

फागुन ९, २०८१
काठमाडौं
पहिलो राष्ट्रिय ई-स्पोर्ट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसङ, ग्यालेक्सी एस२५ अल्ट्राको साथ

नेपालको पहिलो राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिप शुरू भएको छ । ई-स्पोर्ट्स च्याम्पियनसिप २०८१ फागुन १० गतेसम्म दशरथ रङ्गशाला, काठमाडौंमा चल्ने छ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ई-स्पोर्ट्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फूटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।​

नवीनतम् प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ । 

जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।  

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन् । 

जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।

salt training

कमेन्ट गर्नुहोस्