
सुनसरीको धरान- १५ बाट प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धरान- १५ की २३ वर्षीया सृजना राई, २० वर्षीया विता थापा राई र दुई जना बालिका छन् ।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति साढे १ बजे पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २०० चक्की बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।