१० साउन २०८३, आइतबार

६ जना इजरायली बन्धक गाजाबाट मुक्त, झर्‍यो खुसीको आँसु

फागुन १०, २०८१
काठमाडौं
६ जना इजरायली बन्धक गाजाबाट मुक्त, झर्‍यो खुसीको आँसु

हमासले ६ जना इजरायली बन्धकहरूलाई शनिबार रिहा गरेको छ ।  गाजाबाट रेडक्रसलाई हस्तान्तरण गरेपछि उनी इजरायल फर्किएका छन्। यससँगै परिवार र पूरै इजरालयमा खुसीयाली छाएको छ । 

हमासले राफाहमा आयोजित एक योजनाबद्ध प्रक्रियामार्फत अवेरा मेंगिस्टु र ताल शोहमलाई मुक्त गरेको थियो त्यसको केही घण्टापछि नुसेइरातमा एलिया कोहेन, ओमर शेम तोभ र ओमर वेन्कर्टलाई पनि उस्तै प्रक्रियामार्फत हस्तान्तरण गरियो।

हिशाम अल-सैयदलाई गाजा सिटीमा मुक्त गरिएको बीबीसीले जनाएको छ ।  मेंगिस्टु र अल-सैयद क्रमशः २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ परेका थिए। अन्य चार जना भने २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा अपहरण गरिएका थिए।

उनीहरूको मुक्तिको बदलामा इजरायलले पनि ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्