०८ साउन २०८३, शुक्रबार

ताप्लेजुङको फुङलिङमा आइतबार बिहानैदेखि कर्फ्यू, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

फागुन ११, २०८१
काठमाडौं
ताप्लेजुङको फुङलिङमा आइतबार बिहानैदेखि कर्फ्यू, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आइतबार बिहानैदेखि कर्फ्यू आदेश लागू भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले शनिबार राति एक सूचना जारी गर्दै आइतबार बिहानैदेखि निषेध आदेश लागू गरेका हुन् । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम  निषेध आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । फुङलिङ बजारमा प्रदर्शन, जुलुस, हुलदङ्गा र झडप लगायतका घटना हुन थालेपछि कर्फ्यू लगाइएको हो । 

विभिन्न अवाञ्छित गतिविधिले शान्ति सुरक्षा भंग हुन सक्ने भएकाले निषेध आदेश जारी गरिएको बताइएको छ ।  

‘बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मका लागि निम्न बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी यो आदेश जारी गरिएको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।

घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ सल्लेरी, पश्चिमतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ घोडेचौर (बलाङ धारा क्षेत्र सम्म), उत्तरतर्फ फुङलिङ नगरपालिका वार्ड नं ४  उकालीपानी  र दक्षिणतर्फ फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेध आदेश जारी भएको छ । 

यसैगरी, काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पनि निषधे आदेश जारी भएको छ । जसअनुसार पूर्वमा पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा/ डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेशन/ पानीको मुहान इलाकाको १०० मिटर  र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)मा निषेध आदेश जारी भएको छ ।  

null

शनिबार बेलुका फुङलिङ बजारमा ‘नो केबलकार’ समूह र प्रहरीबीच साँझ झडप भएको थियो । झडपमा  ५/६ जना प्रहरी र केही आन्दोलनकारी पनि घाइते भएका छन् । 

‘नो केबलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित प्रदर्शन गरेको र सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको बताइएको छ । 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने मागसहित एकदिन पहिले स्थानीयले सद्‌भाव र्‍याली निकालेका थिए । तर, राजेन्द्र महतोसहित नेताहरू पुगेर केबलकारको विपक्षमा माहोल सिर्जना गर्न खोजेका थिए । उक्त समूहले केही दिन पहिले पनि प्रहरीमाथि आक्रमण गरेको थियो ।

ताप्लेजुङको शान्ति बिथोल्ने खोजेको, अवाञ्छित गतिविधि गरेको भन्दै स्थानीयले महतोलाई शनिबार कालोझण्डा समेत देखाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्