२१ जेठ २०८३, बिहीबार

बाबुरामकी छोरी भन्छिन्, गोरखामा बुवाको आकर्षण र जनसमर्थन झन् बढेको छ [भिडियोसहित]

बाबुरामकी छोरी भन्छिन्, गोरखामा बुवाको आकर्षण र जनसमर्थन झन् बढेको छ [भिडियोसहित]

पालुङटार, गोरखा ७ मंसिर– नयाँ शक्ति नेपालकी युवा नेतृ मानुषी यमी भट्टराईले यसपटक पनि गोरखामा डा बाबुराम भट्टराईले नै चुनाव जित्ने दाबी गरेकी छिन् । उनले भट्टराइको पक्षमा आकर्षण र जनसमर्थन बढेको दाबी गरिन ।


गोरखाको पालुङटारमा लोकान्तरसँग कुरागर्दै नेतृ मानुषीले बाबुरामले जित्नेमा ढुक्क रहेको बताइन् । 

‘नयाँ शक्तिको पार्टीको बारेमा भ्रम छरिएको रहेछ । अहिले आएर सत्यतथ्य सम्प्रेषण गर्दा जनसमर्थन बढेको छ’ उनले भनिन्, ‘बुवाले चुनाव जित्नेमा विश्वस्त छु ।’

भट्टराईको चुनाव प्रचारका लागि उनी दुई महिनादेखि गोरखामा खटिएकी छिन् । 

‘अहिले मेरो कार्यक्षेत्र नै गोरखा हो । स्थानीय तहको चुनावमा लागेर जनआधार तयार गरेका छौ’ उनले भनिन् ।

उनीसँगको कुराकानी भिडियो हेरौं :

salt training

कमेन्ट गर्नुहोस्