११ साउन २०८३, सोमबार

ताप्लेजुङमा १५ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

फागुन ११, २०८१
विराटनगर
ताप्लेजुङमा १५ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा
फाइल तस्वीर ।

ताप्लेजुङमा प्रहरीले १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीमाथि आक्रमण गर्ने, हुलदङ्गा गर्ने १५ जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरूको भने सार्वजनिक गरेको छैन ।

ताप्लेजुङको सदरमुकाम आसपासका क्षेत्रमा आइतबार बिहानैदेखि निषेश आदेश (कर्फ्यू) लागू भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले शनिबार राति एक सूचना जारी गर्दै आइतबार बिहानैदेखि निषेध आदेश लागू गरेका हुन् ।

फुङलिङ बजारमा प्रदर्शन, जुलुस, हुलदङ्गा र झडप लगायतका घटना हुन थालेपछि कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन् । कर्फ्यूपछि अवस्था सामान्य रहेको पनि उनले बताइन ।

पाथीभरा दर्शन गर्न जानेहरूका लागि भने प्रहरीले सुरक्षाको व्यवस्था मिलाइरहेको उनले बताइन् । प्रहरीले उनीहरूलाई शनिबार साँझ नै पक्राउ गरेको जनाएपनि ‘नो केबलकार समूह’ले भने आइतबार बिहान पक्राउ गरेको जनाएको छ ।

शनिबार साँझ फुङलिङ बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। उनीहरूको आन्दोलनमा सहभागी हुन गएका राजेन्द्र महतो लगायतका नेताहरूले ताप्लेजुङवासीले शनिबार कालोझण्डा देखाएका थिए ।

आफूहरू पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको भएपनि बाहिरी मान्छेको घुसपैठले समस्या सिर्जना भइरहेको स्थानीय बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्