२९ असार २०८३, सोमबार

‘लडेर ल्याएको होस् कि विदेशीको बुई चढेर ल्याएको होस्, गणतन्त्र लुटतन्त्रमा परिणत भए विरोध गरिराख्छौं’

फागुन ११, २०८१
काठमाडौं
‘लडेर ल्याएको होस् कि विदेशीको बुई चढेर ल्याएको होस्, गणतन्त्र लुटतन्त्रमा परिणत भए विरोध गरिराख्छौं’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र लुटतन्त्रमा परिणत भए विरोध गरिराख्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयका कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रकाशित गरेको विज्ञप्‍तिलाई लिएर आपत्ति जनाएपछि लिङदेनले लुटतन्त्रको विरोध गर्ने बताएका हुन् । 

‘नेपालमा राजलाई कुनै-कुनै स्पेश दिनुपर्छ भन्ने मान्यता म राख्छु । यहाँ गणतन्त्रको विरोध गर्नु, प्रजातन्त्रको विरोध गर्नु जस्तो कुरा गरियो,’ लिङदेनले भने, ‘तपाईंहरूले लडेर ल्याएर होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस् त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको विरोध गरिरन्छौं ।’ 

लिङदेनले पाथीभरा केबलकारको विषयलाई लिएर पूर्वी नेपालमा स्थानीय आन्दोलन चर्किएकाले तत्कालका लागि केबलकार निर्माणको काम स्थगित गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्