१९ असार २०८३, शुक्रबार

ज्ञानेन्द्रलाई वामदेवको सुझाव– चुनाव जितेर प्रधानमन्त्री बन्नुस्, फेरि राजा बन्न खोजे फ्रान्सको स्थिति दोहोरिन्छ

फागुन ११, २०८१
काठमाडौं
ज्ञानेन्द्रलाई वामदेवको सुझाव– चुनाव जितेर प्रधानमन्त्री बन्नुस्, फेरि राजा बन्न खोजे फ्रान्सको स्थिति दोहोरिन्छ

​पूर्वगृहमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दल खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । फेरि राजा बन्न खोजे बेलायत र फ्रान्सको घटना दोहरिन सक्ने उनले चेतावनी दिए ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा गौतमले चुनाव लडेर संसद्‌बाट प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् ।

‘मेरो उहाँलाई सहृदयी सल्लाह छ, पुनः राजा बन्ने । आफ्नो नेतृत्वमा प्रजातान्त्रिक दल निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ सलमाको चुनावमा भाग लिनुस् र निर्वाचित भएर संसद्‌बाट प्रधानमन्त्री बनेर समृद्धि कायम गर्न लाग्नुस् । नेपालको चौतर्फी विकास गरेर देखाइदिनुस्,’ गौतमले भने, ‘फेरि राजा बन्ने कोशिश भए, नेपालमा ग्रेट ब्रिटेन र फ्रान्सको स्थिति दोहरिन सक्छ । फेरि म फलानो हुँ भन्ने स्थिति नरहन सक्छ ।’​

पूर्वराजा शाहले प्रजातन्त्र दिवस फागुन ७ गते सन्देश जारी गर्दै देशको दुर्गती हुँदा चुप लागेर नबस्ने बताएका थिए । पूर्वराजाले जारी गरेको सन्देशबारे संसद्‌मा छलफल गर्नु आवश्यक रहेको गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्