२० असार २०८३, शनिबार

तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

फागुन १२, २०८१
काठमाडौं
तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

हाल कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईंका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्