०८ साउन २०८३, शुक्रबार

तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले चलायो मुद्दा, १० करोड भन्दा बढी मागदाबी

फागुन १२, २०८१
काठमाडौं
तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले चलायो मुद्दा, १० करोड भन्दा बढी मागदाबी

राजस्व अनुसन्धान विभागले बुद्ध लामा, कुमार श्रेष्ठ र नौल बहादुर तामाङविरुद्ध  राजस्व चुहावटसम्बन्धी कसुर गरेको अभियोगमा आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

 रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याएको अभियोग बमजन इन्टरप्राइजेजका प्रोपाइटर समेत रहेका बुद्ध लामाविरुद्ध दुई करोड असी लाख छयसट्ठी हजार सात सय उनान्साठी रुपैयाँ बिगो कायम गरी सोही बमोजिम बिगो जफत तथा बिगोको शतप्रतिशत जरिवाना हुन मागदाबी लिइएको छ ।

त्यस्तै चोरी पैठारीका जुत्ता खरिद गर्ने गरी बुद्ध लामालाई चोरी पैठारी गर्न लगाउने कुमार श्रेष्ठविरुद्ध पनि एक करोड पच्चीस लाख सतसट्ठी हजार नौ सय चौँतिस रुपैयाँ बिगो, जरिवाना र कैदको मागदाबी लिइएको विभागका प्रवक्ता कृष्ण कुमारी श्रेष्ठले जानकारी दिइन् । 

यस्तै प्रतिवादी बुद्ध लामालाई जुत्ता चोरी पैठारी गर्न साथ र सहयोग गरेको आधारमा अर्का प्रतिवादी भन्सार एजेन्ट नौल बहादुर तामाविरुद्ध पनि मतियारलाई हुने सजायको मागदाबी लिइएको छ। तीन जना प्रतिवादीबाट बिगो र शतप्रतिशत जरिवाना गरी कुल दश करोड चौरासी लाख छसय चौरहत्तरको मागदाबी लिइएको उनको भनाइ छ । 

साथै, उक्त कसूरमा प्रयोग भएको ना ३ ख ७०१ नम्बरको ढुवानी साधन तथा सो साधनमा रहेका भन्सार चोरी पैठारीका ब्राण्डेड जुत्ता (३३७२ जोर) समेत जफत गर्ने मागदाबी अभियोगपत्रमा लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्