०४ साउन २०८३, सोमबार

इन्स्पेक्टर महतको मृत्यु प्रकरण : डीआइजीको संयोजकत्वमा छानबिन समिति गठन

फागुन १२, २०८१
काठमाडौं
इन्स्पेक्टर महतको मृत्यु प्रकरण : डीआइजीको संयोजकत्वमा छानबिन समिति गठन

सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु भएको घटना छानबिन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी)को संयोजकत्वमा समिति गठन भएको छ । 

सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । 

शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । 

महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । 

महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ । 

सिन्धुपाल्चोक घर भएकी महत शौँचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्