२१ जेठ २०८३, बिहीबार

स्याउ र गोलभेंडाको स्वादिष्ट तरकारी यसरी बनाउनुस्

स्याउ र गोलभेंडाको स्वादिष्ट तरकारी यसरी बनाउनुस्

 लन्च र डिनरमा तपाईं स्याउ गोलभेंडाको तरकारी घरमै बनाउन सक्नुहुन्छ । यो बनाउन सजिलो छ ।

सामग्री
तेल दुई चम्चा
हींग एक चौथाइ चम्चा
सर्स्युँ एक चौथाइ चम्चा
जीरा आधी चम्चा
बेसार आधी चम्चा
अदुवा एक चम्चा
हरियो खुर्सानी एक चम्चा
गोलभेंडा २०० ग्राम
नून एक सानो चम्चा
धनियाँको धूलो एक सानो चम्चा
पानी २६० मिलिलिटर
गरम मसला आधी चम्चा
स्याउ १०० ग्राम

विधि
एउटा प्यानमा दुई ठूला चम्चा तेल तताएर हींग, सर्स्युँ र जीरा हालेर भुट्नुस् । 

त्यसमा बेसार हालेर हल्का पकाउनुस् । 

त्यसमा अदुवा, हरियो खुर्सानी र रातो खुर्सानी हालेर केही बेर पकाउनुस् । 

अब त्यसमा २०० ग्राम गोलभेंडा हालेर नरम नहुन्जेल पकाउनुस् ।

नून र धनियाँको धूलो हालेर मज्जाले मिसाउनुस् । 

त्यसलाई ढाकेर १० मिनेटसम्म पकाउनुस् ।

अब त्यसमा पानी हाल्नुस् । त्यसमा गरम मसला, धनिया र स्याउ हालेर मिसाउनुस् । 

एक मिनेट पकाएपछि आगो निभाउनुस् ।

अब त्यसलाई प्लेटमा हालेर धनियाँले सजाउनुस् । 

स्याउ गोलभेंडाको तरकारी तयार भयो । तात्तातो पस्किनुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्