२४ असार २०८३, बुधबार

निवासमा प्रचण्डको भावुक मन्तव्य, प्रकाशकाे सम्झनामा के भने ?

निवासमा प्रचण्डको भावुक मन्तव्य, प्रकाशकाे सम्झनामा के भने ?

काठमाडौं, ७ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतवार निधन भएका पुत्र प्रकाश दाहालले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा विदा भएको भन्दै उनको यति उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको बताएका छन् । बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तव्य दिँदै प्रचण्डले सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र वियोगको पीडा सहन र पीडासँग लड्न शक्ति मिलेको बताए ।

आफू पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि छोरा प्रकाशको जन्म भएको र भूमिगत हुँदा सुरक्षाकै कारणले धेरै विद्यालय फेर्दा पढाइ बिग्रेको उनले बताए । जनयुद्धमा अरु नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि हिँडेको भन्दै उनले छोरा प्रकाशको तारिफ पनि गरे । साथै प्रकाश कहिल्यै किशोर हुन नपाएको र लालनपालनमा पनि बाबुका रुपमा प्रकाशलाई न्याय नगरेको उनले बताए ।

प्रकाशलाई छोरा भएकाले नभई उनको प्रविधि, संगठन र व्यवस्थापनमा अत्यन्त पोख्त भएकाले प्रधानमन्त्री हुँदा नीजि सचिवालयको जिम्मेवारी दिएको उनले बताए । साथै उनले छोरा प्रकाशविना प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल सफल नहुने पनि बताए ।

‘पुत्र वियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि’, उनले भने ‘नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौं ।’

साथै उनले यो देशका सबै युवा आफ्ना छोराछोरी भएको र भविष्यका लागि अझ धेरै मेहनत गर्न बाँकी भएको बताए । उनले पेरिसडाँडा र आर्यघाटमा प्रकाशका लागि उर्लेको उर्लेको जनसागरलाई प्रकाशले कमाएको प्रतिष्ठाको प्रमाणका रुपमा हेरेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्