
काठमाडौं, ७ मंसिर — प्रतिनिधिसभा निर्बाचन र प्रदेशसभा यहि मंसिर १० र २१ गते हुने आम निर्बाचनको प्रभाबकारी रुपमा पर्यबेक्षण गरिने भएको छ ।
आम निर्बाचन पर्यबेक्षण समिति जियोकको आयोजनामा बिहीबार भएको राष्ट्रिय पर्यबेक्षण गर्ने सस्था र अन्तरराष्ट्रिय पर्यबेक्षण गर्ने सस्थाहरुको संयक्त बैठकले निर्बाचनलाई लोकतन्त्रको सुन्दर पक्षका रुपमा लिदै देशब्यापी रुपमा प्रभाबकारी ढगले पर्यबेक्षण गर्ने कुरामा जोड दिएको छ ।
बैठकमा निर्बाचन आयुक्त इला शर्माले निर्बाचन प्रक्रिया र राष्ट्रिय पर्यबेक्षणको गुणस्तर बिकास गर्न सकेमा अन्तरनष्ट्रिय पर्यबेक्षकहरु आबश्यक नपर्ने बताएकी छिन । निर्बाचनको पर्यबेक्षणले निर्बाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन महत्वपुर्ण भुमिका हुने उनको भनाई थियो ।
पुर्ब प्रमख निर्बाचा आयुक्त एब नियोकका अध्यक्ष सुर्यप्रसाद श्रेष्ठले निर्बाचन सम्पन्न गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताएका छन । जियोकका महासचिब कृष्णमान प्रधानले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्बाचन सम्पन्न गराउन र सो अनुसार भयो भएन भन्ने हेर्ने गरी देशभरि पर्यबेक्षहरु परिचालित हुने बताएका छन । प्रधानले निर्बाचन आयोगलाई सहयोग गर्ने उद्धेश्यले नै जियोक लगायतका सस्थाहरुले ०४८ साल दखि पर्यबेक्षण गर्दे आएको उल्लेख पनि गरेका छन ।
राष्ट्र्यि निर्बाचन पर्यबेक्षण समिति नियोकका महासचिब डा गोपालकृष्ण शिबाकोटीले नेपालमा सबिधानसभाले सबिधान बनाएपछि सघीय संसद र प्रदेशको चुनाब हुन गैरहेको छ र यो आफैमा महत्वपुर्ण भएकोले पर्यबेक्षहरुको भुमिका पनि निर्बाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन महत्वपुर्ण भुमिका हुने बताएका छन ।
बैठकमा कार्टर सेण्टर , यूरोपियन युनियन, एनफ्र्रेल लगायतका अन्तराष्टिय सस्थाका प्रतिनिधि र राष्ट्रिय संस्थाका प्रतिनिधिहरुले निर्बाचन पर्यबेक्षणका सन्दर्भमा धारणा राखेका थिए ।