
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन् ।
उनलाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।
ओझालाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।