२३ जेठ २०८३, शनिबार

२०८२ मा नभए चुनावपछि १५ औं महाधिवेशन- शशांक कोइराला

फागुन १३, २०८१
काठमाडौं
२०८२ मा नभए चुनावपछि १५ औं महाधिवेशन- शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०८२ मा नभए २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

धनुषा कार्यसमितिको कार्यक्रममा मंगलबार नेता कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न नहुने फेरि दोहोर्‍याएका हुन् ।

‘चुनावको मुखमा महाधिवेशन गर्दा कांग्रेसमा तिक्तता हुन्छ । पार्टीलाई नै घाटा हुन्छ,’ कोइरालाले भने, ‘यस्तो महाधिवेशन २०८२ सालमा गर्न नसक्ने भए २०८४ को चुनावपछि मात्रै हुनुपर्छ ।’

चुनावको मुखमा महाधिवेशन गराउँदा पार्टीलाई घाटा हुने भन्दै शशांकले यस अघि पनि अगाडि नसके निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

कांग्रेसलाई गुटबन्दीले फाइदा नगर्ने भन्दै शशांकले यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्