२० असार २०८३, शनिबार

भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष नेपालमा

फागुन १३, २०८१
काठमाडौं
भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष नेपालमा

भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष नेपाल आएका छन् । 

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

नेपाली सेनाको निमन्त्रणामा उनीहरू मंगलबार नेपाल आइपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरू सबै नेपाली सेनाका मानार्थ प्रधानसेनापति पदवी पाइसकेका अधिकारी हुन् । 

जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा.) विजय कुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा), जनरल (डा.) मनोज मुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) सम्मिलित टोली आएको हो ।

उनीहरूको भ्रमणदलबाट विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्