१० साउन २०८३, आइतबार

महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि हुने

फागुन १३, २०८१
काठमाडौं
महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि हुने

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ।

यस ४५–पोईन्ट फ्री चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्रि वासिङ, फ्री हेल्थ चेकअप, Maximile लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसहरुमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर केयर फेस्टमा सहभागी हुन सकिने छ ।

सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । 

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।

साथै महिन्द्राका सर्टिफाइड Pre-Onwed गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध छ ।

साथै, ग्राहकहरूले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्री नम्बरहरू १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्