०७ साउन २०८३, बिहीबार

स्वास्थ्य बीमाका लागि सुरक्षित कोष बनाउन आवश्यक छ : मन्त्री पौडेल

फागुन १३, २०८१
काठमाडौं
स्वास्थ्य बीमाका लागि सुरक्षित कोष बनाउन आवश्यक छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको जस्तो गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताएका छन् । 

मंगलबार बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दै उनले अहिलेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बीमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताएका छन् ।

२०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताए । उनले आफूले स्वास्थ्य बीमा चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको पनि बताए । उनले स्वास्थ्य बीमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताए । 

मन्त्री पौडेलले बीमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बीमामा गाभ्नुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्