
नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले मिथिला मध्यमा परिक्रमा २०२५ का लागि हेल्पडेस्क सञ्चालन गर्ने भएका छन् ।
प्रत्येक वर्षझैं यस वर्ष पनि श्रद्धालु भक्तजन, साधु-सन्त तथा नेपाल-भारतबाट आउने परिक्रमार्थीहरूको सुविधाका लागि हेल्पडेस्क सञ्चालन गरिने भएको हो ।
जसअनुसार शिविर २७ फेब्रुअरीमा जनकपुरधामस्थित हनुमाननगरबाट उद्घाटन समारोहसहित हेल्पडेस्कको प्रारम्भ हुनेछ। यात्रा क्रममा परिक्रमार्थीहरूको सहयोगका लागि २ मार्चमा मठियानी, ३ मार्चमा जलेश्वर, ३ मार्चमा मडइ, ५ मार्चमा ध्रुवकुन्ड, ६ मार्चमा कञ्चनवन, ७ मार्चमा पर्वता, ८ मार्चमा धनुषाधाम, ९ मार्चमा सतोष र १० मार्चमा औरहीमा हेस्क हुनेछ ।
परिक्रमाको सफल सञ्चालन र व्यवस्थापनका लागि ११ सदस्यीय समिति समेत गठन गरिएको छ ।
जसमा संयोजक दीपक यादव, सहसंयोजक रुबि झा तथा सदस्यहरू कृष्ण कुमार साह, धनेश्वर ठाकुर, मनिष ठाकुर,आदित्य झा रहँदा मिडिया प्रभारी: प्रमोद कुमार साह रहेका छन् ।
यसैगरीमा सल्लाहकारहरूमा राजीव झा, शैलेन्द्र झा, शिव शंकर साह र विभा ठाकुर रहेका छन् ।
हेल्पडेस्क मार्फत परिक्रमार्थीहरूलाई आवश्यक सहयोग, स्वास्थ्य सेवा, सूचना तथा अन्य आवश्यक व्यवस्थापन गरिने जनाइएको छ ।