२२ जेठ २०८३, शुक्रबार

नेपाललाई घरेलु मैदानमा पहिलो उपाधि जित्ने अवसर

फागुन १४, २०८१
काठमाडौं
नेपाललाई घरेलु मैदानमा पहिलो उपाधि जित्ने अवसर

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रङ्गशालामा हुने फाइनल खेल साँझ ६ बजेबाट शुरू हुनेछ ।

वरीयतामा नेपालभन्दा ४८ स्थान माथि रहेको म्यानमारसँग नेपालको महिला टोलीले अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।

हालसम्म उपाधि नजितेको नेपालले १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने अवसर छ । 

फिफा वरीयतामा नेपाल १ सय ३ र म्यानमार ५५औँ स्थानमा छन् । प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए ।

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्