![शिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/siddababa_9Gd4Uhnv5c.jpg)
महाशिवरात्री पर्वका अवसरमा पाल्पाको प्रसिद्ध शिद्धबाबा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । शिवालयमा बुधबार बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अनुसार बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिएको छ ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले श्रद्धालुहरूको घुँइचो लागेको हो ।

भक्तजनले सहज रूपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । महाशिवरात्रिका अवसरमा ५० हजार भक्तजनले दर्शन गर्ने मन्दिर विकास समितिले जनाएको छ ।