२१ जेठ २०८३, बिहीबार

लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ विमोचन

फागुन १४, २०८१
काठमाडौं
लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ विमोचन

सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौं’ अर्थात् ‘कोइँचलो : शैँसै’ पुस्तकको विमोचन भएको छ ।

लेखक सुनुवारको ७४ औं जन्म दिवसको अवसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन भएको हो ।

लेखक र उनकी छोरी मनोरमाले पुस्तकको विमोचन गरेका हुन् । यसअघि उनका छ  पुस्तक प्रकाशन भएका छन् । 

विमोचित पुस्तकले सुनुवार भाषा सिक्न सघाउने छ भने भाषा, लिपीसमेतको ज्ञान लिन चाहने सुनुवार समुदायलाई सहयोग मिल्ने लेखक सुनुवारले बताए ।

विक्रम संवत् २००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुङ्गामा जन्मिएका सुनुवार कुइँच सुनुवार भाषा, संस्कृति र संस्कृतिविद्का रूपमा परिचित छन् ।

उनी गोरखापत्र संस्थानबाट प्रकाशित सुनुवार भाषा पृष्ठको संयोजक पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्