२८ जेठ २०८३, बिहीबार

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा शुरू

फागुन १४, २०८१
सिरहा
लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा शुरू

इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा शुरूआत गरेको छ ।

सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्म दर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले सेवा शुरू गरेको जानकारी दिए ।

गृह मन्त्रालयको योजना अनुरूप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेमशङ्कर साहूलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले बताए ।

उनले भने, 'वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै इलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भइसकेका कागजात हेरेर नागरिकता दिने गर्छ ।'

विस्तारै कागज लिएर आउनु नपर्ने बनाउने कार्य भइरहेको उनले बताए ।

कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन् । पहिलेजस्तो धेरैपटक दौडधूप गर्ने अब हुँदैन ।

इलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नम्बर १२, १३ र १४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाका वडा नम्बर २, ६ र नवराजपुर गाउँपालिकाको वडा नम्बर १ रहेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्