
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फूटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालकी क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुई लाख हस्तान्तरण गरियो ।
सो अवसरमा अखिल नेपाल फूटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि शुरू भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ ।
प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।