०३ असार २०८३, बुधबार

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना एवं दर्शन

फागुन १४, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना एवं दर्शन

महाशिवरात्रीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

महाशिवरात्रीका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन कालदेखिको परम्परा छ । 

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका थिए ।

पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गरेर राष्ट्रपति पौडेलले मन्दिरमा पूजा आराधना र दर्शन गरेका थिए ।

राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिएका थिए ।

उनका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्