
सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् ।
नेपालमा फेसबुक लगइन गर्दा हाल ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौं,’ भन्ने सन्देश देखिएको छ ।
यो समस्या नेपालमा मात्रै देखिएको भने होइन । विदेशमा पनि यही समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू जनाएका छन् ।
फेसबुकको एप्समा भने सञ्चालनमा छ ।