२१ जेठ २०८३, बिहीबार

राराको एक होटेलमा आगलागी, चार भवन नष्ट

फागुन १५, २०८१
मुगु
राराको एक होटेलमा आगलागी, चार भवन नष्ट

मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्