२४ जेठ २०८३, आइतबार

भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल

फागुन १५, २०८१
काठमाडौं
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले सरकारले संसद्‌मा प्रस्तुत गरेको भूमि सम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

जसपा नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञको सहभागितामा भूमि सम्बन्धी अध्यादेशउपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ताको रूपमा रहनेछन् । 

यसैगरी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादवलाई पनि प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

विज्ञ वक्ताको रूपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको छ ।

सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको भन्दै गर्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै औपचारिक निर्णय गरिसकेको छ ।

भूमि अध्यादेश पारित भए देशभरिकै सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने जसपा नेपालको ठम्याइ छ । 

salt training

कमेन्ट गर्नुहोस्