२१ जेठ २०८३, बिहीबार

शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेविसंघ कार्यकर्ताबीच मोरङमा झडप,  दुई जना घाइते

फागुन १५, २०८१
विराटनगर
शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेविसंघ कार्यकर्ताबीच मोरङमा झडप,  दुई जना घाइते

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । 

सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष विद्यार्थीबीच झडप भएको हो । 

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो ।

इतर समूहले संस्थापन समूहसँग बराबरी भाग खोजेपछि झडप भएको बताइएको छ । 

स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलसहितका नेताले इतर समूहका नेतामाथि जाइलागेको घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले बताए ।

स्ववियु सभापति पौडेल देउवा समूहका हुन् । जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन् । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जसवन्त पौडेल, स्ववियु सचिव एलिस ठकुरी, सदस्य प्रशान्त यादवलगायतको टोली घटनामा संलग्न रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्